विद्यालय शिक्षा विधेयक पारित गर्न संघीय संसद बैठकको आव्हान

काठमाडौं - संघीय संसदमा विचाराधीन रहेको विद्यालय शिक्षा विधेयक पारित गर्न आगामी वैशाख १२ गते (शुक्रबार) दिउँसो १ बजेको लागि संघीय संसद बैठकको आह्वान गरिने भएको छ ।
मंगलबार मन्त्रिपरिषद्को बैठक बस्दै सो विधेयक पारित गर्न आवश्यक समन्वय र सहजीकरण गर्ने शिक्षामन्त्री विद्या भट्टराईले जानकारी दिएकी छन् ।
नेपाल शिक्षक महासंघले उठाएका मागहरूको यथोचित सम्बोधन गर्ने सम्बन्धमा संवाद निरन्तर रहेको र अझै संवाद गर्न सरकार संवेदनशील र गम्भीर रहेको मन्त्री भट्टराईले जानकारी दिइन् ।
मन्त्रिपरिषद्को बैठकले शिक्षकहरूलाई विरोध र प्रदर्शनका कार्यक्रम स्थगन गरी आ-आफ्नो कार्य थलोमा फर्किन अनुरोध समेत गरेको छ ।
प्रकाशित मिति: बुधबार, वैशाख ३, २०८२ ०९:३६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय