चीनमा भूकम्प जाँदा नेपालपनि थर्कियो

काठमाडौं - चीनको डिङ्ग्ये क्षेत्रमा आज बिहान ४:०५ बजे ५.० रिक्टर स्केलको भूकम्प गएको छ। यो भूकम्प नेपाली सीमाबाट करिब १८ किलोमिटर उत्तरतिर पर्ने क्षेत्रमा केन्द्रित भएको भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।
५.० मापन गरिएको यो भूकम्पको कम्पन नेपाल-चीन सीमा आसपासका उत्तरी क्षेत्रहरूमा पनि महशुस गरिएको छ।
हालसम्म नेपालतर्फ मानवीय क्षति वा भौतिक क्षतिको कुनै उल्लेखनीय विवरण प्राप्त नभए पनि सावधानी अपनाउन सम्बन्धित निकायले आग्रह गरेका छन्।
भूकम्प आउँदा के गर्ने ?
- सुरक्षित स्थानतिर जानुहोस्
- खुला ठाउँ रोज्नुहोस्
- भवन भित्र हुनुहुन्छ भने टेबुलमुनि बस्नुहोस्
- झ्याल, ढोका र भारी सामानहरूबाट टाढा रहनुहोस्।
प्रकाशित मिति: बुधबार, वैशाख ३, २०८२ ०७:११
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय