Harsamaya
पेट्रोलियम पदार्थको मूल्य घट्यो
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं -  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।  बुधबारदेखि लागु हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर तीन रुपैयाँ घटाउने निर्णय गरेको हो । 

जसअनुसार पेट्रोल, डिजेल र मट्टीतेल सबैको मूल्य प्रतिलिटर तीन रुपैयाँले घटाइएको निगमले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । भारतबाट इन्धनको मूल्य घटेर आएकाले यहाँ पनि सोहीअनुसार समायोजन गरिएको निगमले जनाएको छ । 

मूल्य घटेसँगै अब काठमाडौंमा पेट्रोलको प्रतिलिटर १६० र डिजेल तथा मट्टितेलको प्रतिलिटर १४६ रुपैयाँ कायम हुने भएको छ । 

491023833_1215009833375478_7542050343851191900_n-(1)_wYIMfXoD7a-1744734222.jpg
 

प्रकाशित मिति: मंगलबार, वैशाख २, २०८२  २२:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update