Harsamaya
त्रिशूलीमा पाठेघर खस्ने रोगको शल्यक्रिया गरिने
त्रिशूली अस्पताल ।

काठमाडौं - त्रिशूली अस्पतालले पाठेघरको शल्यक्रिया गर्नुअघि चेकजाँचका लागि उपस्थित हुन महिलाहरूलाई अनुरोध गरेको छ । 

अस्पतालका निर्देशक राजेन्द्र लामाले एक सूचना जारी गर्दै नुवाकोटमा पाठेघर खस्ने समस्या रहेका महिलाहरूको शल्यक्रिया गर्नको लागि शल्यक्रिया अगाडी गरिने चेकजाँचका लागि उपस्थित हुन अनुरोध गरेको हो । 

अस्पतालले बुधबार बिहान १० बजे अस्पतालको स्त्री रोग विभागमा सम्पर्क गर्न अनुरोध गरेको छ । विभागमा देवकी खतिवडालाई सम्पर्क गर्न सूचनामा भनिएको छ । 

cf0ed200-53b7-4a6d-a2c7-23797cae6d62-1744732784.jpg
 

प्रकाशित मिति: मंगलबार, वैशाख २, २०८२  २१:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update