‘मोतिबिन्दुको शल्यक्रियाअघिको चेकजाँचका लागि उपस्थित हुन अनुरोध’

काठमाडौं - त्रिशूली अस्पतालले आँखाको मोतिबिन्दुको शल्यक्रिया गर्नुअघि चेकजाँचका लागि उपस्थित हुन सर्वसाधारणलाई अनुरोध गरेको छ ।
अस्पतालका निर्देशक राजेन्द्र लामाले एक सूचना जारी गर्दै नुवाकोटमा मोतिबिन्दु समस्या रहेका व्यक्तिहरूको शल्यक्रिया गर्नको लागि शल्यक्रिया अगाडी गरिने चेकजाँचका लागि उपस्थित हुन अनुरोध गरेको हो ।
अस्पतालले बुधबार बिहान १० बजे अस्पतालको नेत्ररोग विभागमा सम्पर्क गर्न अनुरोध गरेको छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख २, २०८२ २१:३९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय