Harsamaya
भ्रष्टाचारी, बिचौलिया र दलालहरू मिलेर सरकारबाट हट्न बाध्य पारे : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ।

काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले  भ्रष्टाचारी, बिचौलिया र दलालहरू मिलेर आफूहरूलाई सरकारबाट बाहिर जान बाध्य पारेको बताएका छन् । 

हुलाकी लोकमार्ग केन्द्रित जनतासँग माओवादी तराई–मधेस जागरण अभियान अन्तर्गत नवलपुर कावासोतीमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै  अध्यक्ष प्रचण्डले भ्रष्टाचार विरोधी अभियान, सामाजिक न्यायको अभियान र आर्थिक विकासको अभियान चलाउँदै गर्दा आफूहरूलाई संविधान मिचेर रातको अध्याँरोमा छलछाम र  जालझेलको तरिकाले षड्यन्त्र गरेर संख्याको बलमा सरकारबाट बाहिर पुर्याउने काम गरेको बताएका हुन् ।

उनले भने, ‘भ्रष्टाचार विरोधी, सामाजिक न्याय र  आर्थिक विकासको अभियान चलाउँदै गर्दा भ्रष्टाचारीहरु, बिचौलिया, दलालहरु मिलेर हामीलाई सरकारबाट बाहिर जान बाध्य पारियो । संविधान मिचेर रातको अध्यारोमा छलछाम र जालझेलको तरिकाले षडयन्त्र गरेर संख्याको बलमा सरकारबाट बाहिर पुर्याउने काम गरेका छन् ।’ 

साथै उनले जनतासँग गहिरो सम्बन्ध बनाएर भ्रष्टाचारीका विरुद्ध फेरि लडाई लड्ने बताए । उनले  सुशासन, सामाजिक न्यायका पक्षमा लड्ने उद्देश्यले माओवादी अगाडि बढ्ने बताए ।  


 

प्रकाशित मिति: मंगलबार, वैशाख २, २०८२  १८:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update