Harsamaya
 सेयर बजार बढ्यो 
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - वर्षको पहिलो दिन सेयर बजार बढेको छ ।

नयाँ वर्षसँगै नेप्से परिसूचकले २७.१४ अंकले बढेर २६८९ अंकमा रोकिएको छ।

वर्षको पहिलो दिन परिसूचक मात्रै नभइ कारोबार रकममा पनि उल्लेख्य बढेको छ । आज ८ अर्ब ५४ करोड बढीको कारोबार भएको छ, जबकी  आइतबार ६ अर्ब २८ करोडको कारोबार थियो ।

२१२ कम्पनीको मूल्य बढ्दा ३४ कम्पनीको भने घटेको देखिएको छ।
 

प्रकाशित मिति: मंगलबार, वैशाख २, २०८२  १६:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update