Harsamaya
वायु प्रदूषण कम भएपनि जोखिम उत्तिकै 
वायु गुणस्तर विज्ञ डा.भुपेन्द्र दास ।

काठमाडौं - काठमाडौंको वायु प्रदूषण पछिल्ला दिनमा सुधारात्मक देखिएको छ।

पछिल्ला केही दिनयता निरन्तर भएको वर्षा र हावाहुरी चलेको कारणले प्रदूषणमा सुधार भएको हो । 

वायु गुणस्तर विज्ञ डा.भुपेन्द्र दास भने काठमाडौं अझैपनि प्रदूषण सहरको नम्बर एकमा नै झर्ने जोखिम रहेको बताउँछन् । 

उनले केही दिनयता निरन्तर भएको वर्षा र हावाहुरीको कारणले प्रदूषण कम भएको भएतापनि अब टेम्पे्रचर हाई हुने कारण वर्षा नहुने हुँदा प्रदूषण बढ्ने खतरा रहेको बताएका हुन् । 

उनले भने,‘अहिले एक्युआईमा हेर्ने हो भने काठमाडौं ३० नम्बरमा छ । पानी पर्यो । हावाहुरी लाग्यो । त्यसकारण पनि सुधार भएको छ । तर फेरी प्रदूषण बढ्ने सम्भावना छ । अब झन मौसम सुख्खा हुन्छ । अब पानी पर्ने सम्भावना पनि कम हुन्छ । त्यसैले यो गडबड भइरहन्छ । यो अप्रिल महिनाभर चाँही एक नम्बरमा झर्ने सम्भावना रहिनै रहन्छ ।’

त्यस्तै उनले वायु प्रदूषण कम गर्ने की नगर्ने भन्ने कुरा मानव क्रियाकलापमा पनि निर्भर रहने बताए । 
 

प्रकाशित मिति: मंगलबार, वैशाख २, २०८२  १६:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update