Harsamaya
गठबन्धनमा संकट परेपछि ओली देउवाबीच भेटवार्ता
कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओली ।

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बीचमा भेटवार्ता भएको छ ।

गठबन्धन सरकारका बारेमा मुख्यतयाः कांग्रेसबाटै प्रश्न उठिरहेको बेला ओली र देउवा बीचमा भेटवार्ता भएको हो ।

सो भेटवार्ता मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको बताइएको छ । सो भेटवार्ता पछि दुई दलीय संयन्त्रलाई सक्रिय बनाउने सहमति भएको जनाइएको छ। 

प्रकाशित मिति: मंगलबार, वैशाख २, २०८२  १५:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update