Harsamaya
गुन्डुमा ४ अर्ब ७५ करोड लगानीमा रिसोर्ट बन्दै
स्वनिगः रिसोर्ट प्रालिले भक्तपुरको सूर्यविनायक नगरपालिकामा पर्ने गुण्डुमा (पाइलट बाबा आश्रम नजिक) अत्याधुनिक पाँचतारे रिसोर्टको भूमि पूजा (जग सुरु) कार्यक्रम ।

काठमाडौं - स्वनिगः रिसोर्ट प्रालिले भक्तपुरको सूर्यविनायक नगरपालिकामा पर्ने गुण्डुमा (पाइलट बाबा आश्रम नजिक) अत्याधुनिक पाँचतारे रिसोर्टको भूमि पूजा (जग सुरु) कार्यक्रम सोमबार सम्पन्न गरेको छ ।

यो रिसोर्टमा अन्तर्राष्ट्रिय ब्रान्डको पाँचतारे होटल, टाइम-सेयर मोडेलका भिल्ला तथा विभिन्न मनोरञ्जन केन्द्रहरू रहने जनाइएको छ । उक्त प्रोपर्टी नयाँ नेपाली ब्रान्ड 'स्वनिगः' अन्तर्गत सञ्चालन हुने जनाइएको छ ।

स्वनिगः नेवारी शब्द हो जसको अर्थ काठमाडौं (येँ), ललितपुर (यलाः) र भक्तपुर (ख्वपः) समेटिएको काठमाडौं उपत्यका भन्ने जनाउछ । स्वनिगः जसले यी सहरहरूमा सहअस्तित्वमा रहेको स्थापत्य (पर्फर्मिङ आर्ट) कला, परम्परागत हस्तकला, खाद्य संस्कृति र इतिहास जस्ता अमूर्त सांस्कृतिक सम्पदासहित परम्परागत संरचनालाई र पुनर्निर्माण गर्ने लक्ष्य राखेको लगानीकर्ताको
भनाइ छ ।

प्रस्तावित प्रोपर्टी निर्माणस्थल सुन्दर हिमशृंखला देखिने घना जंगलले घेरिएको पहाडी थुम्कोमा रहेको छ । जुन 'सुतिरहेका बुद्ध शाक्यमुनिको अगाडिपट्टि रहे जस्तो देखिन्छ । यहाँबाट उपत्यकाका प्राचीन तीन सहर येँ, यलः र ख्वपः का विहंगम दृश्य देखिने ने लगानीकर्ताको भनाइ छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख २, २०८२  ०९:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update