Harsamaya

धनकुटा - 'गाउँ फर्क' को प्रसारण सुरु भएको छ । झिलिमिलेमा छायाङ्कन गरिएको टेलिशृङ्खलामा उजाडिएका हाम्रा गाउँ बस्ती, नझेलिएका चाडपर्व, रीतिरिवाज, कला संस्कृतिको संरक्षण र प्रवर्धनका लागि चरित्रको माध्यमद्वारा यथार्थपरक विषयलाई चित्रण गर्न खोजिएको छ ।

टेलिशृङ्खला 'गाउँ फर्क' यूट्युब च्यानलमार्फत प्रसारण भएको हो । मेहनत र परिश्रमले आफ्नै गाउँबस्तीभित्र उत्पादनमूलक कार्य गरी समाज र राष्ट्रलाई आर्थिक टेवा पुयाउन सकिन्छ भन्ने सन्देशमूलक उद्देश्यले तयार पारिएको टेलिशृङ्खलालाई विश्वमणि घिमिरे र एलबी कटवालले संयुक्त रूपमा निर्देशन गरेका हुन् । 

शङ्कर अधिकारी घायलको शब्द, विकास चौधरीको सङ्गीत, नारायण थापाको स्वर रहेको टेलिशृङ्खलामा मनमाया कटवाल, मुकुन्द मैनाली, लक्ष्मीनाथ तिमिल्सिना, अस्मिता बस्नेत, अशोक शिवाकोटी, मेलिना ठकुरीलगायतका कलाकारको समेत अभिनय रहेको छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख २, २०८२  ०९:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update