Harsamaya
अवैध लागूऔषधसहित पाँच जना पक्राउ
सांकेतिक तस्वीर: हर समय/Har Samaya

सिन्धुली - सुनकोशी गाउँपालिका-१ आँपघारीबाट अवैध लागूऔषध गाँजा करिब ८ सय ४६ ग्राम, नगद ५२ हजार ५ सय रुपैयाँ र मोबाइल २ थान सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनकोशी गाउँपालिका-२ ओख्रेनी बस्ने १९ वर्षीय उमेश बुर्जा र २६ वर्षीय मोहन बहादुर बुर्जा रहेका छन् । प्रहरी चौकी दुम्जाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । 

झापा, गौरादह नगरपालिका-५ सृजना टोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४ सय ७० ट्याब्लेट र स्पास्पेन ५० ट्याब्लेट सहित कमल गाउँपालिका-७ बस्ने २८ वर्षीय बिशाल लिम्बुलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी महारानीझोडाबाट खटिएको प्रहरीले मे.११ प १५८ नम्बरको स्कुटरमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

नवलपरासी पूर्व, गैँडाकोट नगरपालिका-३ अरेलीघारीबाट अवैध लागूऔषध गाँजा करिब ५ किलोग्राम सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा तनहुँ रिसिङ गाउँपालिका-२ काउँशिवपुर घर भई हाल चितवन भरतपुर महानगरपालिका-२० चनौली बस्ने ३४ वर्षीय बिशाल थापा मगर र १९ वर्षीय रिजन थापा मगर रहेका छन् । अस्थायी प्रहरी पोष्ट ढेडेनीबाट खटिएको प्रहरीले बुलिङटारबाट चितवनतर्फ आउँदै गरेको ग.२१ प ६१८० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख २, २०८२  ०८:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update