Harsamaya
तराई मधेशमा आज जुडशीतल पर्व मनाइँदै, सरकारले दियो सार्वजनिक बिदा
नयाँ वर्ष २०८२ को दास्रो दिन आज तराई मधेशमा जुडशीतल पर्व मनाइँदैछ । 

जनकपुर - नयाँ वर्ष २०८२ को दास्रो दिन आज तराई मधेशमा जुडशीतल पर्व मनाइँदैछ । 

शुद्धता, शान्ति, प्रकृतिप्रेम र सामाजिक सद्भावको प्रतीक रहेको जुडशीतल पर्व आज मनाइँदैछ । जुडशीतलमा शीतल जल (चिसो पानी) ले घर, तुलसी चौरा, बोट बिरुवा र मान्छेको शुद्धीकरण गरिन्छ । आजको दिन घरका ठूला बडाले आफूभन्दा साना घरका सम्पूर्ण सदस्यहरुको टाउकोमा शीतल जल खन्याएर आशीर्वाद दिने परम्परा रहेको छ । यसले आदर, सम्मान र प्रेमको भावना बढाउने मान्यता रहि आएको छ । आजको दिन विभिन्न किसिमको तरुवा खाने मुख्य चलन रहेको छ ।

घर, आँगन र खेतमा रहेका बोट, बिरुवा र रुखमा आजको दिन पानी हालिन्छ । प्रकृतिलाई सम्मान र प्राकृतसँगको अटुट सम्बन्धलाई जुडशितलले दर्साउँछ । तराईका क्षेत्रहरूमा आज हिलो खेल्ने परम्परा पनि रहिआएको छ । यसले माटोसँगको सम्बन्ध र शितलता प्रदान गर्ने जन विश्वास रहेको छ ।

जुडशितलको अवसरमा मधेश प्रदेश सरकारले प्रदेशभरि सार्वजनिक बिदा दिएको छ ।
 

प्रकाशित मिति: मंगलबार, वैशाख २, २०८२  ०७:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update