Harsamaya
इरानमा आठ पाकिस्तानीको निर्ममतापूर्वक हत्या
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - इरानमा आठ पाकिस्तानी मारिएपछि इस्लामाबादमा पनि हलचल मच्चिएको छ।

पाकिस्तान सरकारले एक विज्ञप्ति जारी गर्दै दक्षिण पूर्वी इरानमा ८ पाकिस्तानी नागरिकको निर्ममतापूर्वक हत्या गरिएको जनाएको छ। मृतकको अझै सनाखत हुन सकेको छैन । 

यसरी मारिनेमा सबै सिस्तान–बलुचेस्तान प्रान्तको मेहरस्तानमा मारिएका हुन । यो क्षेत्र पाकिस्तानको सीमासँग जोडिएको छ । पाकिस्तानले आफ्नो विज्ञप्तिमा तेहरानस्थित पाकिस्तानी दूतावास र जाहिदानस्थित वाणिज्य दूतावासले हत्याको अनुसन्धान गर्न इरानी अधिकारीहरूसँग काम गरिरहेको बताएको छ। सबैको शव फिर्ता पठाइँदैछ।

मृतकको परिचय भने खुल्न सकेको छैन । उनीहरूको हत्याको कारण पनि खुल्न सकेको छैन । पाकिस्तानले जानकारी पाउने बित्तिकै सेयर गरिने बताएको छ। गत वर्ष पनि यस्तै घटना बाहिर आएको थियो ।

त्यसपछि इरानले पाकिस्तानमा रहेको जैश अल अदल समूहका आतंककारीमाथि हमला गरेको बताएको थियो । जवाफमा पाकिस्तानले इरानमा पृथकतावादी बलुच लिबरेसन फ्रन्ट र बलुच लिबरेशन आर्मीको स्थानमा आक्रमण गरेको बताएको थियो।

यी सबै आतंकवादी समूह पाकिस्तानको बलुचिस्तान र इरानको सिस्तान–बलुचिस्तान प्रान्तमा सक्रिय छन्। दुवै क्षेत्र आतंकवादबाट प्रभावित छन्।

प्रकाशित मिति: मंगलबार, वैशाख २, २०८२  ०७:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update