Harsamaya

कामठाडौं - महानायक राजेश हमालले कमलपोखरीस्थित सिटी सेन्टरको तेस्रो तलामा आज सोमबार नेपाली नयाँ वर्षको अवसरमा १८डी सिनेमाको उद्घाटन गरेका छन् । फ्लाईओभर इन्टरटेनमेन्ट सञ्चालमा ल्याएको हो । 

आजबाट सञ्चालनमा आएको यो १८डी सिनेमाको महानायक हमालले रिवन काटेर उद्घाटन गरेसँगै करिब १० मिनेट लामो सिनेमा समेत हेरेका थिए । नेपालमा पहिलो पटक १८डी प्रविधिमा हरेक दृश्यमा आफैलाई महसुस गर्दै सिनेमा हेर्नु पाउनको अनुवभ नै महत्त्वपुर्ण रहेको महानायक हमालले बताए । त्यससँगै आफुले १८डी सिनेमा हेरिरहँदा छुट्टै थ्रिल महसुस समेत गरेको उनको दाबी थियो । 

फ्लाईओभर इन्टरटेनमेन्टका सञ्चालक राम थापा र हिमाल गुरुङ हुन् । १८डी सिनेमामा १०देखि ३० मिनेटसम्मका सिनेमा हेर्न पाउनुका साथै ३६० भिजुयल, सिटको गती, जमिनको कम्पन, हेड सेट तथा चश्माबिना सिधा भिजुयलको सवै उमेर समुहका दर्शकले गर्न पाउने आयोजकले जानकारी दिएको छ । 

यस १८ डी सिनेमामा डायनासोरको युग फर्किने यात्रा, समुन्द्रको गहिराईमा खोजी, अन्तरिक्षको रोमाञ्चक युद्ध, साहासिक जंगल एडभेञ्चर लगायतका थ्रिलिङ्ग अनुभव गराउने सिनेमाहरु उच्च गुणस्तरिय प्रविधिमा हेर्न सकिनेछ । यो सिनेमाको अनुभवको लागि दर्शकलाई तीनसय रुपैंयाको टिकट व्यावस्था गरिएको सञ्चालक गुरुङले बताए ।

प्रकाशित मिति: सोमबार, वैशाख १, २०८२  १९:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update