Harsamaya
अब अमेरिकामा आप्रवासीहरूले बोक्नु पर्ने भयो २४ घन्टा नै कागजात
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ।

वासिंगटन डिसी - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सरकारले नयाँ नियम लागू गरेको छ । जसअनुसार अमेरिकामा बसोबास गर्ने सबै आप्रवासी, चाहे उनीहरू एच १ बी भिसा वा विद्यार्थी भिसा जस्ता कानुनी भिसामा छन् । उनीहरूले २४ घण्टा कानुनी कागजात बोक्नु पर्ने भएको छ।

ट्रम्प प्रशासनले लागू गरेको यो नियम अप्रिल ११ बाट लागू भइसकेको जनाइएको छ । ट्रम्पको आदेश ‘प्रोटेक्टिङ द अमेरिकन पिपल अगेन्स्ट इन्भेसन’ अन्तर्गत यो नियम लागू गरिएको हो । 

यो नियमको उद्देश्य अमेरिकामा बस्ने गैरकानुनी आप्रवासीमाथि कडाइ गर्नु हो। यो नियम लागू गर्न अमेरिकी अदालतबाट स्वीकृति प्राप्त भएको छ ।

प्रकाशित मिति: सोमबार, वैशाख १, २०८२  ०७:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update