
काठमाडौं - हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशमा आंशिक देखि साधरणतया बदली रही बाँकी भू-भागमा मूख्यतया सफा देखि आंशिक बदली रहेको छ।
दिउँसो कोशी प्रदेश, मधेश प्रदेश देशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। कोशी प्रदेश, मधेश प्रदेश लगायत बाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरू र बाँकी भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
राती भने कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा मूख्यतया सफा रहनेछ । कोशी प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।