Harsamaya
श्रीमती बलात्कार गरेको अभियोग लागेका न्यायाधीशले पाए सफाइ
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - आफ्नै श्रीमतीले बलात्कार लगायतका मुद्दा दायर गरेपछि थुनामा पुगेका एक न्यायाधीशलाई उच्च अदालत पाटनले अभियोग दाबीबाट सफाइ दिएको छ ।  

काठमाडौं जिल्ला अदालतले अभियोग ठहर गरेर थुनामा पठाएको न्यायाधीश गिरीलाई उच्च अदालत पाटनले आज सफाइ दिएको हो । 

न्यायाधीशहरू लालबहादुर कुँवर र डिल्लीरत्न श्रेष्ठको इजलासले गिरीलाई सफाइ दिएको अधिवक्ता बासु ज्ञवालीले जानकारी दिए ।  

कपिलबस्तु जिल्ला न्यायाधीश भएकै बेला पक्राउ परेका गिरीलाई श्रीमतीले वैवाहिक बलात्कारदेखि विभिन्न आरोप लगाएकी थिइन् । इजलासमै बिप सेवन गर्ने देखि इजलास प्रभाव पार्न अनेक हर्कत गर्ने उनकी श्रीमतीले ईगो साँधेको मुद्दामा जिकिर गरिएको थियो । 

प्रकाशित मिति: आइतबार, चैत ३१, २०८१  २२:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update