काठमाडौं - पूर्वराजा ज्ञानेन्द्र शाहले तीनकुनेमा भएको घटना सुन्दा दुख लागेको बताएका छन् । आइतबार नयाँ वर्ष २०८२ को भिडियो सन्देश जारी गर्दै शाहले तीनकुने घटनामा भएको मानवीय र भौतिक क्षतिबारे दुख लागेको बताएका हुन् ।
उनले भनेका छन् ‘केही दिनअघि जनप्रदर्शनमा जुन प्रकारको हिंसा, आगजनी, तोडफोड भयो त्यसबाट जस प्रकारको मानवीय एवं भौतिक क्षति भयो, त्यो सुन्दा हामीलाई अत्यन्तै दुःख लागेको छ ।
गत चैत १५ गते राजावादीले गरेको प्रदर्शन भड्किदा दुई जनाको मृत्यु भएको थियो भने करोडौं धनजनको क्षति भएको थियो ।’ सो घटना भएको १५ दिनपछि पूर्वराजाले मुख खोलेका हुन् ।
उनले नागरिक स्वतन्त्रताभन्दा ठूलो अरु कुनै वाद वा तन्त्र नहुने बताए । उनले नयाँ वर्षको सुरुवात उत्साहका साथ भएपनि अन्त भने निराशामा बित्ने केही वर्ष देखि देखिएको बताए ।
उनले जनभावना र चाहना बुझी मुलुकको समग्र संरचना र सुधारमा शासकीय स्वरुपमा स्पष्ट कदम चाल्नुपर्ने उनले बताए ।