Harsamaya
सार्वजनिक यातायातको भाडा बढ्यो (सूचीसहित)
बसपार्कमा पार्क गरिएका सार्वजनिक बसहरू । (फाइल फोटो)

काठमाडौं - सरकारले सार्वजनिक यातायातको भाडा बढाएको छ । यातायात व्यवस्था विभागले आजदेखि लागु हुने गरी सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडा बढाएको हो ।

 यात्रुवाहक सवारीमा ३.३० प्रतिशत भाडा बढाइएको छ । यस्तै, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा ०.८१ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा ०.०५ प्रतिशतले बढाइएको विभागले जनाएको छ ।

सार्वजनिक यातायात सञ्चालनसँग सम्बन्धित लगानी तथा खर्चबारे गरिएको बजार अध्ययन तथा विश्लेषणका आधारमा भाडा समायोजन गरिएको विभागले जनाएको छ ।

यसअघि, सरकारले ०८० साउन ३१ मा भाडादर समायोजन गरेको थियो ।

प्रकाशित मिति: सोमबार, पुस २२, २०८१  २१:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update