Harsamaya
मधेशमा वैशाख २ गते सार्वजनिक बिदा
प्रतिकात्मक तस्वीर ।

जनकपुर - मधेस प्रदेश सरकारले जुड़ शितलको अवसरमा सार्वजनिक बिदा दिने भएको छ ।

मधेश प्रदेश सरकार अन्तर्गतको गृह संचार तथा कानुन मन्त्रालयले आज एक सूचना जारी गर्दै मधेस प्रदेशमा मनाइने जुड़ शितल (सिरुवा)पर्वलाई लिएर वैशाख २ गते सार्वजनिक बिदा दिएको जानकारी गराएको छ । 

२०८१ चैत २२ गते २०८२ सालमा दिइने थप बिदा सम्बन्धी प्रकाशित राजपत्र बमोजिम प्रदेश सरकारले वैशाख २ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

मधेश प्रदेशमा प्रत्येक वर्ष वैशाख २ गत्ते धुमधामका साथ जुड शितल मनाइन्छ । यस क्षेत्रमा ठूलाबडासँग जुडाएर आर्शिवाद लिनुका साथै, हिलो खेल्ने परम्परा रहिआएको छ ।
 

प्रकाशित मिति: आइतबार, चैत ३१, २०८१  १८:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update