Harsamaya
करेन्ट लागेर दुई जनाको मृत्यु
सांकेतिक तस्वीर: हर समय/Har Samaya

विराटनगर - झापा र इलाममा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । 

झापाको कन्काई नगरपालिका–१ का ६६ बर्षीय तारा बहादुर विश्वकर्माले आफ्नै घरमा पानी तान्ने मोटरको तार जोड्ने क्रममा अचानक करेन्ट लाग्दा घाइते भएका उनलाई उपचारको लागि लैजाने क्रममा बाटोमानै मृत्यु भएको थियो ।

यसैगरी इलामको माइ नगरपालिका–८ का ४६ वर्षीय मदन कुमार राई घरमा कोही नभएको अवस्थामा मोबाइल फोन चार्ज गर्ने क्रममा करेन्ट लाग्दा मृत अवस्थामा फेला परेका कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । 
 

प्रकाशित मिति: आइतबार, चैत ३१, २०८१  १६:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update