Harsamaya
पेस्तोल सहित भारतीय पक्राउ 
भारत विहार राज्य सीतामढी जिल्ला नन्दवाराका २३ बर्षीय किशन कुमार ।

रौतहट - रौतहट सशस्त्र प्रहरीले पेस्तोल सहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । 

राजदेवी नगरपालिका वडा नम्वर ८ लक्ष्मीपुर बेलविछवा नाका नजिकमा रहेको  जयसवाल होटेलबाट सशस्त्र प्रहरीले पक्राउ गरेको हो । होटेल  बाहिर मदिरा सेवन गरेर हो हल्ला एवं झै झगडा गरिरहेको प्राप्त सूचनाका आधारमा खटिएको सशस्त्र प्रहरीको टोलीले भारत विहार राज्य सीतामढी जिल्ला नन्दवाराका २३ बर्षीय किशन कुमारलाई नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्वर ११ गण रौतहटका एसपी सन्तोष बस्नेतका अनुसार उनको शरीरबाट  पेस्तोल एक थान, लागू औषध कोरेक्स ३ बोटल, नाईट्रोभेट ५ ट्याब्लेट, मोवाइल १ थान बरामद गरिएको हो। अवैध हतियार, लागू औषध सहित पक्राउ परेका युवकलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रौतहटको जिम्मा लगाइएको उनले बताए । 

नेपाल भारत सीमा क्षेत्रबाट अबैध हतियार, लागू औषधको कारोबार हुने गरेको सूचनाका आधारमा निगरानी बढाएको रौतहट सशस्त्र प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति: आइतबार, चैत ३१, २०८१  १५:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update