Harsamaya
रवि लामिछानेको मुद्दामा सुनवाइ जारी
सर्वोच्‍च अदालत ।

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको मुद्दामा सुनवाइ जारी रहेको छ ।

सर्वोच्‍च अदालतका न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासमा सो सुनवाइ भइरहेको छ ।

उच्च अदालत तुलसीपुर बुटवल इजलासले गत चैत २२ गते लामिछानेलाई पूर्पक्षको लागि कारागार पठाउने आदेशको विरुद्ध सर्वोच्च गएका लामिछानेको मुद्दा न्यायाधीश ढुंगानाको इजलासमा परेको हो ।

गत शुक्रबार लामिछानेले उच्च अदालत, बुटवलको उक्त आदेश बदर गर्न माग गर्दै सर्वोच्चमा निवेदन दायर गरेका थिए। आज उक्त निवेदन न्यायाधीश ढुंगानाको इजलासमा परेको हो।

लामिछाने हाल कारागार कार्यालय, भैरहवाको थुनामा छन्।
 

प्रकाशित मिति: आइतबार, चैत ३१, २०८१  १५:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update