Harsamaya
फोनिजको अध्यक्षमा लक्की चौधरी र महासचिवमा समिर बलामी सर्वसम्मत
नेपाल आदिवासी जनजाति पत्रकार संघ फ‍ोनिजको अध्यक्षमा लक्की चौधरी सर्वसम्मत ।

बुटवल - नेपाल आदिवासी जनजाति पत्रकार संघ फ‍ोनिजको अध्यक्षमा लक्की चौधरी निर्विरोध निर्वाचित भएका छन् ।

जसअनुसार लुम्बिनीमा सम्पन्न संघीय अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा सरु राना र महिला उपाध्यक्षमा अन्जना सिल्पकार, महासचिवमा समिर बलामी र अल्पसंख्यक सचिवमा लिला दरई पनि सर्वसम्मत चयन भएका छन् ।

उता, खुला उपाध्यक्षमा विश्वराज तामाङ, कोषाध्यक्षमा अर्जुन तामाङ र तीन सचिवमा मिलन गाहा, एमबी मगर र सन्दिप श्रेष्ठ, महिला सचिवमा माया पालुङ भने निर्वाचनमार्फत चुनिएका छन् । सचिवमा ८ जनाको प्रतिस्पर्धा भएको थियो ।

साथै, १५ जना पदाधिकारीसहित ४९ सदस्यीय कार्यसमितिको चयन भएको फोनिजले जनाएको छ ।

गत चैत २९ गते अधिवेशनको उद्घाटन भएको थियो । 

प्रकाशित मिति: आइतबार, चैत ३१, २०८१  १३:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update