Harsamaya
आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः नैनसिंह महर
नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महर ।

काठमाडौं - नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले आन्दोलनरत शिक्षकहरूको माग सम्बोधनका लागि सरकार गम्भीर बन्नु पर्ने बताएका छन् ।

नेपाली कांग्रेसको शिक्षा विभाग प्रमुख समेत रहेका महरलाई ध्यानाकर्षण गर्न महरको सचिवालय पुगेका नेपाल शिक्षक संघका प्रदेश र जिल्ला अध्यक्षहरूसंग कुरा गर्दै नेता महरले भने, ‘देशभरका सामुदायिक विद्यालयका शिक्षकहरू लामो समय देखि काठमाडौं केन्द्रित आन्दोलनमा छन्। विगतको सरकार सँगको सहमति कार्यान्वयनका लागि सरकार खासै संवेदनशील देखिएन ।’

मन्त्री परिषद्को बैठकबाट मात्र पनि सम्बोधन गर्न सकिने थुप्रै मागहरू भएको बताउँदै महरले भने, ‘गर्न सकिने मागका लागि छिटो मन्त्रि परिषद्को बैठक राखेर टुंग्याईनु पर्ने र बाँकी विषयको वर्गीकरण गर्दै समय तालिका निर्माण गरेर अगाडि बढ्न सकिने तमाम आधारलाई सरकारले गम्भीर रूपमा लिनुपर्दछ।’

शैक्षिक आम हडताल घोषणा गरेर आन्दोलनरत शिक्षक समुदायको आत्म सम्मानको ख्याल गरेर निष्कर्ष निकाल्नका लागि प्रधानमन्त्रीको थप कृयाशीलता खाँचो रहेको  र देशको वर्तमान परिस्थितिको आंकलन गरेर सामुदायिक विद्यालयका आन्दोलनरत शिक्षकहरूले वार्ता सम्वाद गरेर निष्कर्षमा पुग्नु पर्ने महरको भनाई थियो ।

प्रकाशित मिति: आइतबार, चैत ३१, २०८१  १३:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update