मलेसिया - मलेसियाको जेलमा रहेका पूर्वनेता नजिब रजाकले आफ्नो दाबीको समर्थनमा शाही आदेश जारी गर्न सक्ने बताएपछि उनले बाँकी सजाय घरमा नै बिताउन पाउने भएका छन् ।
सार्वभौम सम्पत्ति कोष वानएमडीबीको लुटपाटसँग सम्बन्धित भ्रष्टाचारको अभियोगमा छ वर्षको जेल सजाय काटिरहेका ७१ वर्षीय नाजिबले सन् २०१८ को चुनावमा भ्रष्टाचार आरोपका कारण निर्वाचनमा पराजय भोग्नुपरेको थियो ।
उनले आर्थिक घोटालासँग सम्बन्धित अन्य थुप्रै मुद्दाहरूको सामना गरिरहेका छन् ।
पूर्वराजाले उनलाई आफ्नो बाँकी सजाय स्वदेशमा नै बिताउन अनुमति दिने आदेशको आधारमा पुनरावेदन अदालतमा बहसको भएको थियो ।
तीन सदस्यीय बेन्चले २–१ ले नजिबको अपिललाई उच्च अदालतमा आफ्नो मुद्दाको बहसका लागि शाही घोषणाको प्रयोग गर्न अनुमति दिने फैसला सुनाएको हो ।
“घोषणाको अस्तित्वको कुनै चुनौती छैन भन्ने तथ्यलाई ध्यानमा राख्दै, आदेशको पालना गरिएको छैन भन्ने कुनै आधार भेटिएन,” फैसलामा सम्लग्न तीन न्यायाधीशमध्ये एक मोहम्मद फिरुज जाफ्रिलले भने ।
उच्च अदालतले जुलाईमा फैसला सुनाएको थियो । कागजातको अस्तित्वको बारेमा नजिबको दावीलाई समर्थन गर्ने शपथपत्रहरू प्रमाणको रूपमा अस्वीकार्य थिए । वादीले दावी गरेका ती प्रमाणहरू लिखितरूपमा थिएनन् ।
सोमबारको फैसलाको अर्थ यो मुद्दा फेरि उच्च अदालतमा जानेछ, जहाँ नजिबलाई नजरबन्दमा राख्ने प्रयासलाई समर्थन गर्न प्रमाणको रूपमा शाही घोषणा पेश गर्न सकिन्छ ।
सन् २०२० को जुलाईमा नाजिबलाई १२ वर्षको जेल सजाय सुनाइएको थियो तर पछि क्षमादान बोर्डले उक्त सजाय आधा घटाएको थियो ।
उनले ५० करोड अमेरिकी डलरभन्दा बढी घूस र सम्पत्ति शुद्धीकरणका विभिन्न अभियोगमा संलग्नता रहेको भनिएको भ्रष्टाचारको आरोपविरुद्ध पनि आफ्नो बचाउ गरिरहेका छन् ।