Harsamaya
संवैधानिक निकाय तथा राजदूत नियुक्ति गर्दा दुई वर्षको कुलिङ समय राख्न डा. शेखरको सुझाव
नेपाली काँग्रेसका वरिष्ठ नेता डा.शेखर कोइराला ।

काठमाडौं - नेपाली काँग्रेसका वरिष्ठ नेता डा.शेखर कोइरालाले संवैधानिक निकाय तथा राजदूत नियुक्ति गर्दा दुई वर्षको कुलिङ समय राख्नुपर्ने बताएका छन् ।

आइतबार सामाजिक सञ्जालमा लेख्दै उनले सरकारी कर्मचारीहरुलाई संवैधानिक  निकाय, राजदूत वा अन्य पदमा नियुक्ति गर्दा कम्तीमा दुई वर्षको कुलिङ समय राख्नु पर्ने धारणा राखेका छन् ।

यसले पारदर्शिता बढाउने र कन्फिल्क्ट अफ ईन्ट्रेष्टलाई कम गर्न मद्दत गर्ने कोइरालाको भनाइ छ । 

<>

प्रकाशित मिति: आइतबार, चैत ३१, २०८१  ०९:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update