Harsamaya
पर्सामा आइतबार बिहान १२ बजेसम्म कर्फ्यु
पर्सा प्रशासन कार्यालय पर्साले हनुमान जन्मोत्सवका अवसरमा तनाव बढेसँगै ‘कर्फ्यु’ आदेश जारी गरेको छ ।

पर्सा - पर्सा प्रशासन कार्यालय पर्साले हनुमान जन्मोत्सवका अवसरमा तनाव बढेसँगै ‘कर्फ्यु’ आदेश जारी गरेको छ ।

वीरगञ्जको छपकैयाँमा हिन्दू र मुस्लिम समुदायबीच तनाव बढेपछि हिजो बेलुका साढे ६ बजेदेखि आइतबार बिहान १२ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको हो ।

कार्यालयले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क)बमोजिम जिल्लाको वीरगञ्ज महानगरपालिकाभित्र चार किल्ला तोकेर सिमानाभित्र कसैले आवतजावत गर्न, कुनै पनिप्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यु आदेश जारी गरेको छ ।

जसअनुसार पूर्वः भेडियाही चौक– वीरगञ्ज महानगरपालिका–१५, पश्चिमःसिर्सिया पुल–वीरगञ्ज महानगरपालिका–२५ सम्म कर्फ्यु आदेश जारी गरिएको हो । यस्तै, उत्तरतर्फ गण्डक चोकदेखि वीरगञ्ज महागरपालिका–१४ सम्म कर्फ्यु आदेश जारी गरेको छ ।

यसैगरी, दक्षिणतर्फ शंकाराचार्य गेट– वीरगञ्ज महानगरपालिका–१६ सम्म कर्फ्यु आदेश कायम रहने प्रशासनले जनाएको छ । यसअघि हनुमान जयन्तीका अवसरमा निकालिएको शोभायात्राका क्रममा स्थानीय दुई समूहबीच झडप भएको थियो ।
 

प्रकाशित मिति: आइतबार, चैत ३१, २०८१  ०८:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update