Harsamaya
ओली सरकार बदनाम भइरहेको कुरामा देउवा ‘कन्भिन्स’
काँग्रेस वरिष्ठ नेता शेखर कोइराला र सभापति शेर बहादुर  देउवा ।

काठमाडौं - केपी ओली नेतृत्वको सरकार बदनाम छ भन्नेमा आफू कन्भिन्स रहेको कुरा काँग्रेस सभापति शेर बहादुर  देउवाले संकेत गरेका छन् । 

शनिबार बीपी स्मृति सामुदायिक सहकारी अस्पतालको साधारणसभालाई सम्बोधन गर्ने क्रममा अर्का वरिष्ठ नेता शेखर कोइरालाले ओली सरकारको काम कारबाही प्रति सन्तुष्ट हुन नसकेको र जसका कारण कांग्रेसलाई समेत अप्ठयारोमा परिरहेको बताएका थिए ।

कोइरालाका कुरा मज्जासँग सुनेका देउवाले ओली सरकारको प्रफमेन्स राम्रो नभएको आरोपमा समर्थन गरेका हुन् । ‘अघि शेखर कोइरालाले भनिसक्नुभयो, सरकारको नाममा अहिले धेरै ठूलो बदनामीहरू भइरहेको छ, यो नहोस् भनिसक्नु भयो,’ देउवाले छोटो प्रतिक्रिया दिदैँ भने ।

शुक्रबार कांग्रेस महामन्त्री गगन थापाले पनि सरकारको काम कारबाही प्रति असन्तुष्टि जनाउँदै ‘बिडँ तातेर मात्रै हुन्न, ताप्के नै तात्नु पर्ने रहेछ’ भनेर ओली सरकारको काम कारबाहीप्रति असन्तुष्टि जनाएका थिए ।

त्यसैगरी, उनले भारतको उत्तर प्रदेशका मुख्यमन्त्रीको विषयमा गलत सूचनाको आधारमा बोलेको भन्दै सच्चाउने कार्य गरेका छन् ।

‘अस्ति मैले बोल्दा गलत सूचनाको आधारमा मैले भारतको उत्तर प्रदेशका मुख्यमन्त्रीको विषयमा बोल्न पुगेछु, उहाँ दिल्लीको राजदूतावासमा आउनुभएको होइन, दिल्लीको राजदूत चाँही उहाँको निवासमा भेट्न जाँदा भएको कुरा हो, अलिकति भ्रम भएछ, मैले बुझिनछु,’ उनले भने ।

प्रकाशित मिति: शनिबार, चैत ३०, २०८१  २२:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update