Harsamaya
जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ
सांकेतिक तस्वीर: हर समय/Har Samaya

कैलाली - धनगढीमा जुवा खेलिरहेका १३ जना पक्राउ परेका छन् ।  उपमहानगरपालिका-३ भाटभटेनी नजिकै बस्ने ४० वर्षीय खडक कुँवरले संचालन गरेको सुदुरपश्चिम रेष्टुरेण्ट एण्ड लजमा जुवातास खेलिरहेको अवस्थामा कुँवर समेत १३ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १२ हजार ३ सय २० रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।  

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

प्रकाशित मिति: शनिबार, चैत ३०, २०८१  २१:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update