Harsamaya
अरूले २० वर्षमा नसकेको काम ३ वर्षमा बनायौं : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओली ।

इटहरी - प्रधानमन्त्री केपी शर्मा ओलीले अरूले २० औं वर्षमा गर्न नसकेको काम ३ वर्षमा गरेको उल्लेख गरेका छन् । शनिबार झापाको दमकमा नेकपा एमाले कोशी प्रदेशले आयोजना गरेको प्रदेशस्तरिय जागरण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले हुलाकी, मदन भण्डारी जस्ता राजमार्ग ३ वर्षमा बनाइएको बताएका हुन् । 

प्रधानमन्त्री ओलीले अराजकताका साथै तोडफोड अब स्वीकार्य हुन नसक्ने बताए । प्रधानमन्त्रीले स्टन्ट बाजी गरेर देश चल्न नसक्ने बताए । उनले भने,‘ड्राइभरको सिटमा कहिले नबसेकोले गाडि हाँक्छु भनेजस्तै हो ।’ 

उनले राजनीति अस्थिर भएपछि अनेक मानिसहरू निस्किएको बताए । देशमा स्थायित्व ल्याउने उदेश्यका साथ दुई पार्टी हिँडेको प्रधानमन्त्रीको भनाई छ । उनले भने, ‘दुई इतिहास बोकेका पार्टी एक छौं । अब देशले थप गति लिन्छ ।’

नयाँ भन्नेहरूको हालत देखिएको । जथाभाबी छाडा बोलेर देश बनाउँछन् भनेर धाक लगाउनेहरूका भ्रममा नपर्न आग्रह गरे  । ऋण तिर्नु पर्दैन भनेर जनता भड्काउनेहरू राज फर्काउँछौं भनेर हिँडेको असली स्वरूप चैत्र १५ गते देखिएको प्रधानमन्त्रीको भनाई छ । 

सरकारका सबै सूचकांक सकारात्मक दिशामा रहेको उल्लेख गरेका प्रधानमन्त्री ओलीले आगामी बजेटबाट थप सुधारका बाटोमा लान सकिने उल्लेख गरेका छन् । उनले झापाका कृषकहरूलाई आधुनीकिकरण गरेर कृषकलाई प्रगति गर्न आग्रह गरे ।
 

प्रकाशित मिति: शनिबार, चैत ३०, २०८१  २१:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update