Harsamaya
सहकारीले धेरै बदनाम कमायो, अब यस्तो नहोस् : सभापति देउवा
नेपाली काङ्ग्रेसका सभापति शेर बहादुर देउवा ।

काठमाडौं - नेपाली काङ्ग्रेसका सभापति शेर बहादुर देउवाले बिपि कोइरालाको नामबाट स्थापना भएको सहकारीले बदनाम र आलोचना हुने काम नगर्ने विश्वास लिएको बताएका छन् । 

शनिबार काठमाडौंमा आयोजित वीपि स्मृति सामुदायिक सहकारी अस्पताल लिमिटेडको १७औं वार्षिकोत्सवमा उनले अहिले सहकारीको धेरै ठूलो बदनमी भइरहेको भन्दै यस्तो अवस्थामा भएको सहकारीले सच्चा मनले राष्ट्रको लागि काम गर्नुपर्ने बताए । 

उनले भने, ‘बिपि कोइरालाको नामबाट स्थापना भएको सहकारीले कुनै पनि प्रकारको अनियमित, बदनाम र आलोचना हुने काम गर्ने छैन् भन्ने विश्वास छ । अहिले सहकारीको धेरै ठूला् बदनामी भइरहेको छ, यस्तो हुनु हुँदैन । बिपि कोईरालाजस्तो हाम्रो जननायक नेताको नामबाट जुन यो सहकारी स्थापना भएको छ यसले अवश्य नै सच्चा मान्यमा, राष्ट्रको लागि राम्रो काम गर्ने छ ।’

सोही कार्यक्रममा वीपि स्मृति सामुदायिक सहकारी अस्पताल लिमिटेडका अध्यक्ष एंव काङ्ग्रेसका नेता उमेश जंग रायामाझीले यो सहकारी रविको सहकारी नभएको भन्दै यसले भ्रष्टाचार र ठगि नगर्ने बताए । 

उनले भने, ‘केही कमि कमजोरीहरु भएका छन्, यी कुरालाई ध्यानमा राखेर काम गरेका छौं । यो सहकारी रविको सहकारी होइन यसले भ्रष्टाचार गर्दैन, यो ठगि गर्ने संस्था होईन यो स्वास्थ्य सेवा दिने वीपिको नाममा स्थापना भएको संस्था हो । एक पैसा खाने छैन र खानदिने छैन ।’

वीपि कोइरालाको नाममा खोलिएको संस्था भएको हुनाले लोपोन्मुख १० जातिलाई निःशुल्क सेवा गर्ने र कुनै पनि आन्दोलनका घाइते र शहिद परिवारलाई पनि सेवा दिने निर्णयका साथ अगाडि बढेको उनको भनाई छ । 

प्रकाशित मिति: शनिबार, चैत ३०, २०८१  १३:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update