
सिरहा - सिरहाको पुरानो चोहर्वामा रहेको बेनाम औषधी पसलमा सेवाग्राहीलाई ठगेको पाइएको छ ।
नरहा गाउँ पालिका वडा नम्बर २ बाट औषधी लिन गएका एक बिरामी सोही बेनाम औषधि पसलबाट ठगिएका छन् ।
एक बिरामीलाई डाक्टरले चेक गरि औषधी लेखेर दिएपछि पसलबाट त्यसको सट्टा भन्दै अर्कै औषधी दिँदै आएको स्थानीयले बताए । सट्टामा औषधी दिने चलन सो पसलमा एमआरबाट औषधी बेच्ने लक्ष्य मात्र राखेको बताइन्छ ।
वडा नं. २ का बिरामी राजन यादवले औषधी लिएर गएको तथा औषधी खान छाडेपछि मात्र पेट दुखाई कम भएको थियो । पेट दुखाई कम भएपछि उनले औषधी फिर्ता गर्न पसल गएपछि पसल संञ्चालकले औषधी फिर्ता गरिदिएनन् । बिना दर्ताको संञ्चालनमा रहेको औषधी पसल बेनाम रहेको छ ।
औषधी पसलले दिएको कालाभाम नामक ट्याबलेट फिर्ता गर्न गएपछि फिर्ता नगरेको गुनासो बिरामीले गरेको छ । औषधि पसल संचालक सुनिल सिंहले औषधी फिर्ता नगर्नु पसलको गल्ती रहेको स्वीकारे ।
सो सन्दर्भमा गोलबजार नगरपालिकाका स्वास्थ्य संस्थाका संयोजक सरोज कर्णले भने ‘बजारबाट जसरी अरु समान फिर्ता हुन्छ, त्यसरी नै औषधि पनि फिर्ता हुनुपर्छ यदि फिर्ता नगरे उनको बदमासी भएको हो’ । यसबारे बुझेर थप बताउने उनले बताए ।