रौतहटमा चोरीको ५ थान मोटरसाइकल बरामद

रौतहट - रौतहटस्थित प्रहरी गस्ती टोलीले जिल्लाको विभिन्न स्थानबाट कागजपत्र नभएको ५ थान चोरीको मोटरसाइकल बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका युनिटहरूले गत १५ गतेदेखि हिजो २९ गतेसम्म ठाउँ ठाउँमा गरेको चेकजाँचको क्रममा विभिन्न ब्राण्डको कागजपत्र नभएको ५ थान चोरीको मोटरसाइकल बरामद गरेको हो।
बरामद मोटरसाइकलहरूको कुल ३ लाख ५० हजार रुपैयाँ मूल्यांकन सहित आवश्यक कारबाहीको लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको रौतहट प्रहरी प्रवक्ता डीएसपी दीपक कुमार रायले जानकारी दिए ।
रौतहट प्रहरी प्रमुख एसपी दिलीप घिमिरेको निर्देशनमा जिल्लामा प्रहरीले सञ्चालन गरेको चोरीको सवारी साधन नियन्त्रण अभियान निकै प्रभावकारी देखिएको स्थानीयहरूले बताएका छन्
प्रकाशित मिति: शनिबार, चैत ३०, २०८१ ०९:३८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय