
काठमाडौं - माओवादी केन्द्रका नेता तथा सांसद श्रीकृष्ण अधिकारीले शिक्षकको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । शुक्रबार काठमाडौंमा भएको शिक्षक आन्दोलनमा ऐक्यबद्धता जनाउँदै उनले सरकारको ध्यानाकर्षण गराएका हुन् ।
अधिकारीले विद्यालय शिक्षा ऐन ल्याउन आन्दोलन गर्नुपर्ने परिस्थिति आउनु दुर्भाग्य भएको बताए । उनले शिक्षकहरू जति सडकमा गम्भीरतापूर्वक लागेका छन् त्यति नै सदनमा आफू र आफ्नो पार्टी गम्भीर भएर लाग्ने बताए ।
‘छिटो भन्दा छिटो विशेष अधिवेशन बोलाएर या त नियमित अधिवेशन (वर्षे अधिवेशन) छिटो बोलाएर पहिलो प्राथमिकतामा विद्यालय शिक्षा ऐ्नलाई राखेर अगाडि बढाउनुपर्छ’, उनले भने, ‘यी कुरालाई हामी गम्भीरतापूर्वक लागिराखेका छौं । अहिले संसदीय समितिहरूमा कुरा अघि बढिराखेको छ ।’
शिक्षा ऐ्नलाई फास्ट ट्रयाकबाट ल्याउनुपर्छ भन्नेमा नेकपा माओवादी केन्द्र रहेको उनले बताए ।