Harsamaya
युक्रेनको झुराव्का कब्जा गरेको रूसको दाबी, १४९ झडप 
रुसले बिहीबार आफ्नो सेनाले युक्रेनको एउटा बस्ती नियन्त्रणमा लिएको जनाएको छ ।

एजेन्सी - रुसले बिहीबार आफ्नो सेनाले युक्रेनको एउटा बस्ती नियन्त्रणमा लिएको जनाएको छ । त्यस्तै युक्रेनले सोही दिन धेरै रूसी आक्रमणहरूलाई विफल पारेको दाबी पनि गरेको छ ।

बिहीबारको आफ्नो दैनिक ब्रिफिङका क्रममा रूसी रक्षा मन्त्रालयले रूसी सेनाले युक्रेनका धेरै सैन्य विमानस्थलहरू, क्षेप्यास्त्र र तोपखाना डिपोहरूलाई लक्षित गरेको जनाएको छ । सो क्रममा २०० युक्रेनी ड्रोनहरू खसालेको दाबी मन्त्रालयको छ ।

मन्त्रालयले युक्रेनको सुमी ओब्लास्टमा रहेको झुराव्का बस्तीमा रुसी सेनाले नियन्त्रणमा लिएको जनाएको छ ।

सोही दिन, युक्रेनी सशस्त्र बलका जनरल स्टाफले विगत २४ घण्टामा अग्रपंक्ति क्षेत्रहरूमा १४९ झडप भएको जनाएको छ ।

कुस्र्क क्षेत्रमा, युक्रेनी सेनाले रुसी सेनाबाट १९ आक्रमणहरूलाई विफल बनाएको जनाएको छ भने रूसका विभिन्न क्षेत्रहरूमा रहेका ऊर्जा सुविधाहरूमा ११ आक्रमणहरू गरेको जनाएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, चैत २९, २०८१  २०:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update