Harsamaya
हांस्य कलाकार गणेश इशाराले हङकङमा प्रश्तुती दिने
हाँस्य कलाकार गणेश इशारा।

काठमाडौं - हाँस्य कलाकार गणेश इशाराले हङकङमा प्रश्तुती दिने भएका छन् ।

यही आउने अप्रिल १९ तारिख शनिबार हङकङमा आफ्नो पाँचौं साँगितिक प्रस्तुती दिनको लागि त्यता जाने उनले जानकारी दिए ।

बगैंचा एण्ड रेष्टुरेण्ट एण्ड बारको आयोजनामा हङकङको जोर्डनमा भेटघाट तथा सांगितिक प्रस्तुती रहने उनले बताए ।

उक्त कार्यक्रममा विशिष्ट समाजसेवी तथा सफल उद्यमी धिराजकुमार साम्पाङ राई प्रायोजक तथा आयोजकमा सहयोग गर्ने छन् ।

कार्यक्रमलाई समाजसेवी तथा सफल उद्यमी विक्रम राई, बालिका राई र अर्का समाजसेवी तथा सफल व्यवसायी दिपेन्द्र इसारा राई र मिना राई ,समाजसेवी तथा उद्यमी बिमल ज्ञवालीसहित मिना रुम्बा सिताराम राईले प्रायोजन र व्यवस्थापन गर्ने बताइएको छ ।

कलाकारितामार्फत दिनदुखीलाई सहयोग समेत गर्दै आएका उनी क्यारिकेचरमार्फत चर्चा कमाउँदै आएका छन् ।

प्रकाशित मिति: शुक्रबार, चैत २९, २०८१  १६:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update