Harsamaya
सुनको मूल्यले फेरि बनायो नयाँ रेकर्ड
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - नेपाली  बजारमा सुनको मूल्यले एकपछि अर्को रेकर्ड कायम गर्दै आएको छ । आज एकैदिन सुन तोलामा ३ हजार ९०० रुपैयाँले बढेर फेरि नयाँ रेकर्ड कायम गरेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज ३ हजार ९०० रुपैयाँले बढेको सुन  तोलाको १ लाख ८५ हजार पुगेको  छ  । अघिल्लो दिन बिहीबार एक तोला सुनको मूल्य १ लाख ८१ हजार ३०० रुपैयाँ कायम भएको थियो ।

सुनको मूल्य बढेसँगै चाँदीको भाउ पनि बढेको छ । आज एक तोला चाँदीको मूल्य १९ सय ५ रुपैयाँ पुगेको छ । बिहीबार प्रतितोला चाँदी १९ सय रुपैयाँमा कारोबार भएको थियो ।
 

प्रकाशित मिति: शुक्रबार, चैत २९, २०८१  १२:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update