दुर्गा प्रसाईं नेपाल प्रहरीको नियन्त्रणमा

काठमाडौं- व्यवसायी दुर्गा प्रसाईंलाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ। झापाको भद्रपुरबाट प्रहरीले प्रसाईंलाई शुक्रबार बिहान नियन्त्रणमा लिएको हो।
प्रसाईंलाई आजै काठमाडौं ल्याउने तयारी भइरहेको प्रहरीले स्रोतले बताएको छ । प्रसाईंले भारतीय प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए । भारतीय प्रहरीले काकडभिट्टा सीमामा नेपाल प्रहरीलाई प्रसाईं जिम्मा लगाएको छ ।
प्रकाशित मिति: शुक्रबार, चैत २९, २०८१ ११:०८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय