-1744337380.png)
नेपालको सबै ठाउँमा प्रदूषण उस्तै छैन । विशेष गरेर काठमाडौं उपत्यकाविशेष जोखिमयुक्त छ । विश्वभरको वायू प्रदूषण मापनगर्दा काठमाडौं उपत्यका एक नम्बर सूचीमा परिसकेको छ । काठमाडौंमा एकदमै सानो र ठूला–ठूला पहाडले घेरेको ठाउँ भएकाले पनि केही जोखिम देखिन्छ । फराकिलो स्थान भएको भए हावा र जलवायुले पनि प्रदूषणलाई कम गर्ने अवस्था हुन्छ । तर उपत्यका सानो ठाँउ र जनघनत्व पनि धेरै भएकाले जोखिम बढी हुने गर्छ । यसका साथै सार्वजनिक र निजी सवारी साधनबाट पनि प्रदूषण बढेको देखिन्छ । सवारी साधनबाट आउने धुँवा प्रदूषणको प्रमुख कारण हो ।
सानो र गुम्म परेको काठमाडौं उपत्यकाको चारैतिरबाट वायुमण्डलले घेरेको हुनाले आकाशमा हुनुपर्ने ओजोन रेयर ग्राउन्ड तहमा बढने र जोखिमपनि बढ्ने गरेको पाइन्छ । त्यस्तै भक्तपुर र ललितपुरमा परम्परागत रूपमा संचालित इँटा कारखानाहरुबाट निस्किने धुँवाले पनि प्रदूषण बढाएको छ । त्यसबाहेक अन्य धेरै कलकारखानाबाट उत्पन्न हुने धुँवाले थप प्रदूषण गराएको पाइन्छ ।
त्यस्तै इनडोर र आउट डोर प्रदूषणहरू पनि हुन्छ । घरभित्र ग्यासहरु बाल्छौ, बाहिर अन्य प्रदूषण पनि हुन्छ । दुवै प्रदूषण मिसिने हो भने वायु झन विषाक्त हुन्छ । विभिन्न डिभाइसहरु पनि प्रयोग गर्छौ त्यसले पनि प्रदूषण हुन सक्छ । समग्रमा भन्ने हो भने पाँच किसिमको केमिकल वा ग्याँसहरूले वायु मण्डलको प्रदूषण हुन्छ । एउटा ग्राउन्डको ओजोन तह जुन वायोकेमिकल रियाक्सनले हुन्छ । यसले प्रदूषण बढाउँछ र त्यसले रोग लाग्नेको संख्या र मृत्युको संख्यापनि बढाउँछ । अक्सिजन ‘ओ थ्री’जुन माथिल्लो वायुमण्डलमा सूर्यको हानिकारक किरण पुथ्वीमा आउनबाट रोक्छ ।
अर्को पार्टीकुलेट म्याटर (पिएम) भन्छ यो सबैभन्दा महत्वपूर्ण कुरा हो । डब्लूएच्ओ, युरोप, अमेरिकाले निकालेको वायुको गुणस्तर जति छ त्यसको आधारमा वायुको प्रदूषण मापन गरिन्छ । एयर क्वालिटि इन्डेक्समा पार्टीकुलेट म्याटर कति छ त्यो हेर्छ । पिएम स्वास्थ्यको लागिझन् खतरनाक छ । पिएम भनेको साइजमा र घनत्वमा भर पर्छ । साइजहरु थुप्रै भएपनि सामान्यतया दुई भागमा विभाजन गरिन्छ । त्यो पनि सवारी साधन, कलकारखाना, आगलागीबाट निस्किने प्रदूषणबाट हुन्छ ।
पाँच वटा किसिमको भूमि ओजोन र अर्को पार्टीकुलेट प्रदूषण भयो त्यो भनेको साइज दुईवटा हुन्छ । एउटा २.५ भन्दा कममा इक्रोमिटरको भयो भने त्यो अलि बढि नै खतरनाक हुन्छ, स्वास्थ्यको दृष्टिकोणले र अर्को पिएमको १० भन्दा कम माइक्रोमिटर हुन्छ । त्यो बाहेक अर्को पनि आउँछ त्यो अल्ट्रा पिएमको पोइन्ट १ माइक्रोमिटर हो । यो झन् हानिकारक हुन्छ ।
मानव स्वास्थ्यमा असर
हाम्रो फोक्सोमा हावा सफा गर्ने नली हुन्छ । र नाकदेखि फोक्सोसम्म हावा जाँदा हावामा भएको धुलोहरु बाहिर फाल्ने शुद्धीकरण गर्ने प्रक्रिया हुन्छ । पाँच माइक्रोमिटरसम्मको धुलो शुद्धीकरण गर्न सक्ने क्षमता हुन्छ । तर पाँच भन्दा तल जति हुन्छ त्यो फोक्सोसम्म जान्छ । र २.५ भन्दा कम माइक्रोमिटर भयो अथवा झन् अल्ट्रा पोइन्ट एक भयो भने त्यसले फोक्सोलाई पनि नाघेर रगतमा जान्छ । रगतबाट अनेक अंगहरु मुटु, दिमागमा जान्छ र त्यसको असरले कालान्तरमा गएर शरीरको विभिन्न ठाँउको क्यान्सर हुने डर हुन्छ ।
जति सानो पार्टिकुलेट म्याटर प्रदूषण भयो, त्यती बढि स्वास्थ्यमा खतरा हुन्छ । यसका पनि दुई प्रकार छन् । एउटा तत्कालै गर्ने असर, अर्को दीर्घकालीन रुपमा गर्ने असर हो । तत्कालै गर्ने असर प्रायःजसो दिनहुँ भोगिरहेका हुन्छौं । जसले बाहिर धेरै समय बिताउँछ त्यसमा आँखा पोल्ने, चिलाउने, एलर्जी हुने, सास फेर्न गार्हो हुने गर्छ । दीर्घकालीन असर भनेको फोक्सोले शुद्धीकरण गर्न नसक्ने सानो माइक्रो मिटरको कण फोक्सोसम्म गएर असर गर्ने, रगत मार्फत पनि असर गर्ने गर्छ । यसबाट स्ट्रोकहरु आउने हुन्छ र क्यान्सरको खतरा पनि हुन्छ ।
तेस्रो भनेको कार्बन मोनोअक्साइड हो । यो पनि सवारी साधन, आगोहरूबाट नै आउँछ । यो एकदमै विषादियुक्त हुन्छ । यसले मृत्युको सम्भावना बढाउँछ । किनभने रगतमा जुन हेमोग्लोबिन हुन्छ, त्यसले शरीरको सम्पूर्ण अंगहरूलाई अक्सिजन दिने काम गर्छ । जब कार्बन मोनोअक्साइडको मात्रा गयो भने हेमोग्लोबिनले अक्सिजन बोक्न छाडेर कार्बन मोनोअक्साइड बोक्छ । जसले गर्दा सबै अंगहरु अक्सिजन नपाएर खराब हुने सम्भावना हुन्छ । यसले तत्कालै मृत्यु हुने सम्भावना पनि हुन्छ ।
तर यसले सबै व्यक्तिलाई समान असर गर्छ भन्ने छैन । मानिसको स्वास्थ्यअवस्था र उमेरमा पनि भर पर्छ । काठमाडौंको एकीयूआईबाट प्रमाणित हुन्छ । यस्तो उपत्यकाभित्र धेरै छ । बाहिर कम छ ।विकास हुँदै गएको देशमा सार्वजनिक सवारी साधनको व्यवस्था नहुँदा र निजी सवारी साधनको संख्या बढ्ने कारणले पनि प्रदूषण बढ्छ ।
अहिले हाम्रो अस्पतालहरूमा बिरामी भर्ना हुने दर हेर्ने हो भने प्रदूषणका कारण असर परेर भर्ना भएकाहरूको संख्या धेरै छ । बिरामीको संख्या बढेको छ । दम रोगका बिरामीहरू बढेका छन् । उनीहरू एकैछिन बाहिर निस्किए भने सिकिस्तै हुने गरेका छन् । यस्तो प्रदूषण बढ्दै जाने हो भने मृत्यु हुने सम्भावना १३ प्रतिशतले बढ्छ । खास गरेर पहिलादेखि दम, प्रेसर, मुटुको रोगी, स्ट्रोकको समस्या आइरहेका छन् । अन्य रोगहरूको जोखिमपनि बढिरहेको छ । प्रदूषण बढेका बेला यस्ता बिरामीहरू बाहिर हिँडडुल गर्न बढी खतरा हुन्छ । त्यसकारण दिनहुँ कति एक्यिूआइ छ त्यो हेरेर मात्रबाहिर जानुपर्छ । पाँच/छ वटा समूहलाई बढए खतरा हुन्छ । स्वस्थ मान्छेलाई पनि खतरा हुन्छ । तर बिरामी, बालबच्चा, वृद्धवृद्धा, गर्भवतीहरूलाई झन् बढी खतरा हुन्छ र मृत्युसम्मको सम्भावना हुन्छ ।
कसलाई धेरै असर, कसरी जोगिने ?
बाहिरको प्रदूषण घरभित्र जानबाट रोक्नको लागि झ्याल, ढोकाहरू बन्द गर्न सकिन्छ । तर बन्द गरेको घरमा आगो बाल्ने वा मट्टितेल सल्काउने जस्ता काम भने गर्नुहुँदैन । त्यसले झन इनडोर प्रदूषण बढाउँछ । बाहिरको प्रदूषण हावा लाग्यो भने, पानी पर्यो भने कम हुन सक्छ ।
प्रदूषणबाट शरीरलाई जोगाउने हो भने सकेसम्म बाहिर हिँडडुल कम गर्नुपर्छ । अथवा पार्टिकुलेट म्याटरको अवस्था र एक्यिूआईलाई ध्यान दिनुपर्छ । दम बढ्ने खोकी लाग्ने, मुटुमा अप्ठ्यारो हुने, प्रेसर बढ्ने सम्भावना रहेकाले प्रदूषणबाट जोगिनुपर्छ । हामीले प्रयोग गरिरहेको सामान्यमास्कले पार्टीकुलेट म्याटरलाई फिल्टर गर्दैन ।
किनकी यो मास्कको साइज तीन माइक्रोमिटर जति हुन्छ । पार्टीकुलेट म्याटर २.५ भन्दातल छ भने त छिरिहाल्छ । त्यसैले यसले पाँच माइक्रोसम्म त कभर गर्छ । तर त्यो भन्दा तलको छ भने गर्दैन । त्यही भएर यस्तो बेलामा हामीले एन–९५ मास्क लगाउनुपर्छ । तर यो महंगो हुन्छ । दिनकै प्रयोग गर्न सम्भावना नहोला । त्यसैले खास लामो समयसम्म बाहिर रुमलिनु उपयुक्त हुँदैन । १५० देखि २०० सम्म छ भने झनै आउटडोरमा कम जानुपर्छ । तर इनडोरमा पनि धेरै ग्यास, मट्टितेल, काठ दाउरा बाल्ने गर्नुहुँदैन । २०० देखि ३०० सम्म छ भने झन यो धेरै अस्वस्थ हुन्छ । ३०० देखि ५०० सम्म त झन कुनै पनि बेला केहीपनि हुन सक्छ ।
त्यस कारण मृत्युको सम्भावना बढी हुने वा रोगले च्याप्न सक्छ । स्वस्थ्य मानिसलाई पनि च्याप्छ । रोगी र बढी जोखिम भएको उमेर समूहलाई त झनै च्याप्छ । स्वस्थ व्यक्तिलाई १५०–२०० मा गार्हो हुन्छ । १००–१५० मा जोखिम बढी भएकोलाई असर हुन्छ । त्यसैले बढी जोखिम उमेर समूहअनुसार हुने भएकाले एकदमै ख्याल गर्नुपर्छ । स्वास्थ्य मानिसले पनि बाहिर निस्कदा एन–९५ मास्क लगाएर निस्कियो भने दम बढ्दैन ।
बढ्दो प्रदूषणले छालाको एलर्जी हुने, आँखा पोल्ने त छँदैछ । अरू जोखिमहरू ह्दयघात, स्ट्रोक, फोक्सोको क्यान्सर आदी हुन्छ । अझ लामो समयसम्म प्रदूषण कायर रहयो भने क्यान्सर नै हुने जोखिम बढ्छ । दमको प्रकोपपनि धेरै बढ्ने गरेको छ । दाउरा बाल्ने अनि धुम्रपानका कारण दमका रोगी पनि धेरै हुन्छन् । विश्वव्यापी रूपमा अनुसन्धानहरूले के देखाएको छ भने वायु प्रदूषणका कारण सात मिलियनको वर्षेनी मृत्यु भइरहेको छ । दिनहुँ बढ्दो छ र नेपालमापनि जोखिममा पर्दै गइरहेको छ ।
अध्ययन अनुसन्धान
वायु प्रदूषणबाट हुने मृत्यु दरबारे नेपालमा ठोस अध्ययन भएको छैन । तर विश्वव्यापी अवस्था हेर्दा नेपालको मृत्युदर बढी नै छ । हाम्रो औषत आयु घटेको साना अनुसन्धानहरूले भनिरहेका छन् । बाल मृत्युदर बढिरहेको छ । त्यसमा वायु प्रदूषण एक कारण हो । युनिसेफको तथ्याङअनुसार बाल मृत्युदर वायु प्रदूषणको योगदान महत्वपूर्ण देखाएको छ । विश्वव्यापी हेर्दा वायु प्रदूषणका विभिन्न कारणहरूले ४ देखि ७ मिलियन मानिसको मृत्यु हुने देखिएको छ । नेपालमा काठमाडौं वायु प्रदूषणको एक नम्बरमा परेपनि यसको पर्याप्त अनुसन्धान भइरहेको छैन ।
हामीले सम्रगमा हेर्दा सवारी साधन, उद्योगधन्दाबाट निस्केका धुवा, इनडोर प्रदूषण, आगलागी, वन डढेलोलाई नियन्त्रण गर्न सक्यौ सहज हुनसक्छ । स्वास्थ्य मान्छेले पनि मास्क लगाएर हिँड्नु उपयुक्त हुन्छ । यदी रोगी मानिसलाई रोगले झन च्याप्छ र सकेसम्म मास्क लगाउने र चाँडो भित्र जानुपर्छ ।
एक्यूआइको लेवल बढ्दै कहिले दुई सयदेखि तीन सय पनि पुग्छ । यस्तो समयमा बाहिर निस्कन कम गर्ने, मास्क लगाउने गर्नुपर्छ । नियन्त्रण गर्ने हो भने मुख्य कुरा भनेको प्रोडक्सन लेवलमा कम गर्ने हो । सवारी साधन प्रयोगमा पनि ध्यान दिनुपर्छ । भएका कलकारखान, इटा भट्टाहरूलाई पनि व्यवस्थित गर्नुपर्छ । वृक्षरोपण गर्नुपर्छ । इन्डोर पोलुसन कम गर्ने र सकेसम्म सवारी साधनलाई कम प्रयोग गर्ने, अत्यावश्यक परेमात्र नभए सार्वजानिक साधनको प्रयोग गर्ने र बाहिर निस्कदा लेबल हेरेर एन नाइन्टि–५ माक्सको प्रयोग गर्ने, नभए सर्जिकल मास्कको भएपनि प्रयोग गर्ने गर्नुपर्छ ।
प्रदूषणको समस्या भनेको प्राकृतिक समस्या पनि हो । काठमाडौंको कुरा गर्ने हो भने जनसख्या बढिरहेको छ । उद्योगहरू बढेका छन् । वृक्षारोपण कम छ । खेतीयोग्य जमिनमा घर बनाउँदै गइरहेका छन् । अहिले त प्रदूषणको नियन्त्रणको लागि प्राकृतिक रूपमा नै हो । पानी परेपछि, प्राकृतिक प्रोसेस छ । हावाले गर्दा खेरी पनि पोलुसनलाई कम गर्छ । तर दिगोपनमा अनुसन्धान गरेर सार्वजनिक सवारी साधनलाई प्रयोग गरेर व्यक्तिगत सवारी साधन प्रगोगलाई कम गर्न सकिन्छ ।
हाल प्रदूषण रोक्न व्यक्तिगत, प्राकृतिक रुपमा र उद्योगधन्दालाई नियन्त्रण गरेर गर्न सकिन्छ । दिल्ली र चाइनाले गरिरहेका छन् । सवारी साधनको रोटेसन गर्ने र नयाँ नीति ल्यायो भने पनि कम हुन्छ । सकेसम्म गाउँमा रोजगार र शिक्षाको विकास भए काठमाडौंलाई लोड पर्दैनथ्यो ।
क्यान्सरमा वायु प्रदुषणको पनि ठूलो भूमिका हुन्छ । त्यसैले धुम्रपान गरेर मात्र क्यान्सर हुने होइन । वायु प्रदुषणले सास नलीमा इन्फेक्सन हुने र फोक्सोमा क्यान्सर पनि हुन्छ । धुम्रपानले १० प्रतिशत क्यान्सरको सम्भावना रहन्छ । तर सबैमा यस्तो हुन्छ भन्ने चाँही होइन । तर यसले खतरा बढाउँछ । वास्तवमा फोक्सोको क्यान्सरमा पनि वायु प्रदूषणको योगदान छ । चुरोट जुनसुकै भएपनि खतरा उत्तिकै रहन्छ । भेप भनेको फेन्सी कुरामा मात्र हो । त्यसले पनि खतरा उत्तिकै बढाउँछ ।