बिपिन कार्कीको ‘कर्मा’ लाई भन्दा कृषाको ‘पिताम्बर’लाई बढी शो

काठमाडौं - आज देखि हलमा २ नयाँ नेपाली फिल्म रिलिज हुँदैछन् ।
कृषा चौलागाईको पिताम्बर र ‘कर्मा’ आजबाट सिनेमा हलमा लाग्दैछन् । दुवै एक्सन फिल्म हुन् ।
शुक्रबारबाट रिलिज हुन लागेका दुई नेपाली फिल्म ‘हाइप’ र ठूला ‘स्टार कास्ट’हरू देखिएका छन् ।
आज प्रदर्शनमा आउन लागेको दुई फिल्ममध्ये सबैभन्दा धेरै शो प्रदीप खड्का स्टारर ‘पिताम्बर’ले पाएको छ भने जसको देशभरको शो संख्या १७० रहेको छ भने विपिन कार्की स्टारर ‘कर्मा’ले १२४ शो पाएको छ।
पिताम्बरमा प्रदिप खडका, दयाहाङ राइ, सौगात मल्ल लगायतको कलाकारको अभिनय रहेको छ । यो महिला निर्देशकले बनाएको पहिलो ‘नेपाली एक्सन’ चलचित्र मानिएको छ । पिताम्बरको प्रि बुकिङ उत्साहजनक देखिएको छ ।
प्रकाशित मिति: शुक्रबार, चैत २९, २०८१ ०७:०३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय