चैत १५ को घटनाबारे संसदीय समितिले गृहमन्त्रीसँग छलफल गर्दै

काठमाडौं - संघीय संसदको एक समितिले गृह मन्त्री रमेश लेखकसँग सोधपुछ गर्ने भएको छ।
कानुन, न्याय तथा मानव अधिकार समितिले गृह मन्त्री लेखकसँग चैत १५ गते भएको राजावादीहरूको प्रदर्शनका बारेमा सोधपुछ गर्ने भएको हो ।
समिति सचिवालयका अनुसार २०८१ साल चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादीहरूको प्रदर्शनमा भएका मानवअधिकार उल्लंघनका विषयहरू माथि माननीय गृहमन्त्रीसँग छलफल हुनेछ । जुन बैठक बिहान ११ बजे बोलाइएको छ ।
प्रकाशित मिति: शुक्रबार, चैत २९, २०८१ ०६:५०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय