
काठमाडौं - नेपाल प्रहरीले फरार दुर्गा प्रसाईं पक्राउ नपरेको जानकारी दिएको छ । बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै प्रहरीले यस्तो बताएको हो ।
बिहीबार राति केही सञ्चारमाध्यमले प्रसाईं पक्राउ परेको र प्रहरी स्रोतले जानकारी दिएको भन्दै समाचारहरू प्रकाशित गरेका थिए । प्रहरीको विभिन्न स्रोत उल्लेख गरी 'दुर्गा प्रसाई पक्राउ' भन्ने शीर्षकमा विभिन्न समाचारहरू प्रकाशन भएको सन्दर्भमा नेपाल प्रहरीको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।
‘विभिन्न आपराधिक घटनामा संलग्न रही फरार दुर्गा प्रसाई नेपाल प्रहरीको खोजीको सूचिमा रहेको जानकारी गराउँदै हालसम्म दुर्गा प्रसाई पक्राउ नपरेको हुँदा भ्रामक समाचार प्रकाशन, प्रशारण नगरिदिनु हुन सबैमा हार्दिक अनुरोध गर्दछौं’, विज्ञप्तिमा भनिएको छ।
यता, प्रसाईंको सचिवालय भन्ने पेजबाट भने प्रसाईंले आसाम प्रहरीसमक्ष आत्मसमर्पण गरेको उल्लेख गरिएको छ ।
यो पनि पढ्नुहोस