दुर्गा प्रसाईंले गरे भारतमा आत्मसमर्पण

काठमाडौं - दुर्गा प्रसाईंले भारतमा आत्मसमर्पण गरेका छन् ।
प्रसाईंको सचिवालयले आफ्नो सुरक्षाका लागि प्रसाईंले भारतको आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गरेको सामाजिक सञ्जालमार्फत जानकारी दिएको छ ।
बुधबार प्रसाईंले फेसबुक लाइभमार्फत ज्यानको सुरक्षा भए २४ घण्टाभित्र उपस्थित हुने जनाएका थिए ।
गत चैत १५ गते भएको राजावादी प्रदर्शन हिंसात्मक भएपछि प्रहरीले प्रसाईंको खोजी गरिरहको थियो ।
तीनकुनेमा भएको प्रदर्शन भाँडिएपछि प्रदर्शनकारीले लिएको उग्र शैलीका कारण दुई जनाको मृत्यु भएको थियो भने निजी तथा सार्वजनिक सम्पत्तिमा तोडफोड र आगजनी भएको थियो ।
प्रकाशित मिति: बिहीबार, चैत २८, २०८१ २२:०२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय