Harsamaya
पत्रकार रजकको हत्याका विषयमा छानबिन गर्न माओवादीले दबाब दिने
नेकपा(माओवादी केन्द्र)का उपाध्यक्ष एवम् प्रवक्ता अग्निप्रसाद सापकोटा ।

काठमाडौं - नेकपा(माओवादी केन्द्र)का उपाध्यक्ष एवम् प्रवक्ता अग्निप्रसाद सापकोटा पत्रकार सुरेश रजकको ताहाचलस्थित घरमा पुगेका छन् । 

चैत्र १५ गते राजावादीहरूको आगजनीमा परी हत्या भएका पत्रकार रजकको घर उनी पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सन्देश लिएर पुगेका हुन् । प्रवक्ता सापकोटाले रजकका अभिभावक तथा परिवारको चासोलाई गम्भीरतापूर्वक सम्बोधन गर्ने बताए । 

परिवारले घटनाको सत्यतथ्य छानबिन गर्न, दोषीलाई कारवाही गर्न, सुरेशलाई सहिद घोषणा गर्न र तीनकुनेमा उनको सालिक बनाउन माग गरेको थियो । 

परिवारको मागप्रति आफ्नो पार्टीको ऐक्यबद्धता रहेको र छिटोभन्दा छिटो तथ्यपूर्ण छानबिन गरी सुरेश, अभिभावक र परिवारलाई न्याय दिन पार्टीले सरकारलाई दबाब दिइरहेको प्रवक्ता सापकोटाले बताए । 

अपरान्ह ३ बजे प्रेस सेन्टर, नेपालका अध्यक्ष कमल गिरीसहित उनी सुरेश रजकको परिवारसँग भेट गरेका थिए ।
 

प्रकाशित मिति: बिहीबार, चैत २८, २०८१  १८:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update