Harsamaya
सामान्य अंकले घट्यो सेयर
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - बिहीबार नेप्से परिसूचक सामान्य अंकले घटेको छ ।

अघिल्लो दिन बुधबार  ९.६६ अंकले बढेको नेप्से परिसूचक साताको अन्तिम कारोबार दिन आज ५.५७ अंकले घटेको हो । जस अनुसार नेप्से परिसुचक र २६७०.७० विन्दुमा पुगेर रोकिएको छ ।

नेप्से परिसूचक घटे पनि कारोबार रकम भने बुधबारको तुलनामा वृद्धि भएको तथ्यांकले देखाएको छ ।

यसदिन ३२१ कम्पनिका १ करोड १३ लाख ८४ हजार ७२५ कित्ता सेयर खरिद बिक्री हुदाँ ५ अर्ब ६३ करोड ७९ लाख ८१ हजार २५० रुपैयाँ कारोबार भएको छ । 

जसअनुसार बुधबार ४ अर्ब ४८ करोडको सेयर कारोबार भएकोमा आज ५ अर्ब ६३ करोड बराबरको कारोबार भयो। 

प्रकाशित मिति: बिहीबार, चैत २८, २०८१  १६:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update