
काठमाडौं - गुजरात टाइटन्ससँग पराजित भएपछि राजस्थान रोयल्सलाई निकै चोट लागेको थियो ।
पछि टोलीका कप्तान र खेलाडी दोषी पाइयो र जरिवाना गरिएको थियो । राजस्थानका कप्तान सञ्जु सैमसन र उनको टोलीका खेलाडीले पाएको सजायको कारण खेलसँग सम्बन्धित थियो ।
राजस्थान टिमका कप्तान र खेलाडीलाई स्लो ओभर रेटका कारण जरिबाना गरिएको छ । यो जरिबाना लाग्नुअघि राजस्थानको टोलीले अर्को घाउ भोगेको थियो ।
आईपिएलले एक प्रेस विज्ञप्ति जारी गर्दै राजस्थान रोयल्सका खेलाडी र कप्तानलाई लगाइएको जरिबानाको जानकारी दिएको छ । राजस्थानका कप्तानलाई स्लो ओभर रेटका कारण २४ लाख रुपैयाँ जरिबाना गरिएको छ । इम्प्याक्ट खेलाडीसहित खेलमा खेल्ने बाँकी खेलाडीलाई ६ लाख रुपैयाँ वा म्याच शुल्कको २५ प्रतिशत जरिबाना गरिएको हो ।
यो आईपिएल २०२५ मा राजस्थान रोयल्सको स्लो ओभर रेटसँग सम्बन्धित दोस्रो गल्ती थियो, त्यसैले कप्तान सञ्जु सामसनलाई आईपिएल आचारसंहिता अन्तर्गत २४ लाख रुपैयाँ जरिबाना गरिएको हो ।