बारामा चट्याङ लागेर २० लाखको कुखुरा फार्म ध्वस्त
कलैया- बारामा दुई ठाउँमा चट्याङ लागेर आगलागी भएको छ।
बारागढी गाउँपालिका वडा नम्बर ४ सुखीपथरा बस्ने हरिन्द्रप्रसाद कामीको कुखुरा फर्ममा चट्याङ लागेर आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
आगलागीबाट दुई हजार तयारी कुखुरा ,कुखुराको दाना र कुखुरा फर्म गरी अन्दाजी २० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ। उक्त ठाउँमा आगलागी नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ।
त्यस्तै करैयामाई गाउँपालिका वडा नम्बर ८ नरही बस्ने अभिनाश कुशवाहाको कृषि मिटरको लागि बनाएको फुसको घर र कृषि मिटरमा चट्याङ लागेर आगलागी भएको छ। आगलागीमा परी घर र मिटर जलेर पूर्ण रुपमा नष्ट भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार आगलागीबाट घर र मिटर गरी अन्दाजी १० हजार बराबरको क्षति भएको छ।
प्रकाशित मिति: बिहीबार, चैत २८, २०८१ १४:५७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय