
काठमाडौं - शहरी विकास मन्त्री प्रकाशमान सिंहले जनताले महशुस गर्नेगरी विकासका कामहरु गर्न आवश्यक रहेको बताएका छन् ।
बिहीबार काठमाडौंमा आयोजित अधिकार सम्पन्न बागमती एकीकृत सभ्यताको वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले खाली प्रचारबाजीको लागि मात्र नभएर जनताले महशुस गर्नेगरी नै काम गरेर देखाउने समय आइसकेको बताए ।
उनले भने,‘अब हामीले खाली प्रचारबाजीको लागि यो गर्यौं ,त्यो गर्यौं भन्ने होइन कि जनताले महशुस गर्नेगरी नै अब चाँही हामीले काम गरेर देखाउने समय चाँही आइसकेको छ । त्यो अनुसार हामीले काम अगाडि बढाउनुपर्छ । जे जति योजनाहरु हामीले अहिले सम्पन्न गरेको छौं । त्यसको राम्रोसँग आम जनतालाई जानकारी गराउने र बाँकी भएको कामहरुलाई अगाडि बढाउँदा जनतालाई सुसूचीत गराउनुपर्छ ।’
त्यस्तै उनले नदीहरुको करिडोर बनाउने काम प्रभावकारी रुपमा अगाडि बढाउने पनि प्रतिबद्धता जनाए ।
‘आउने बजेटमा बागमती विष्णुमती सबै नदीमा हामीले गर्ने भनेको नदीहरुमा नबसाउनको लागि हामीले गर्नुपर्ने के हो त्यसमा योजना बनाएर अगाडि बढ्ने बाहेक हामीसँग अरु उपाए छैन्। नदीहरुको करिडोर बनाउने जुन काम छ ।त्यसलाई पनि प्रभावकारी रुपमा अगाडि बढाउनको लागि सबैसँग समन्वय गरेर व्यवस्थित रुपमा सुरु गर्न लाग्नुपर्छ ।’